नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले तरुणदलले रक्तदान कार्यक्रम आयोजना गरेर मानवियता संगै पुन्य कार्य गरेको बताउनु भयो।
नेपाल तरुणदलको केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथि रहनु भएको सहमहामन्त्री डिनाले तरुणदलका नेता कार्यकर्तालाई धन्यवाद दिदै भन्नू भयो " तपाई तरुण साथिहरुलाई बधाई तथा धन्यवाद दिन चाहन्छु । यसै गरि दुखि, असाहायहरु र नागरिकको पक्षमा काम गर्नुस, यहि नै हाम्रो कर्तव्य हो। राजनीतिको उदेश्य हो।"
रक्तदानको लागि आवश्यक उपकरण केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक रोजन राईलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
पार्टीले भरखरै गठन गरेको निर्देशन समितिमा समेत तरुण दलको निर्देशन समितको संयोजक रहनु भएको सहमहामन्त्री उपाध्यायले नेविसंघको राजनीतिक पृष्ठभूमिबाट राजनीति सुरु गरेर महिला संघको लामो समयसम्म नेतृत्व गरे पनि तरुणदलमा काम गर्ने आफ्नो चाहना रहेको स्मरण गर्नु भयो।
उहाले भन्नू भयो " म नेविसंघ र महिला संघमा लामो समय काम गरे तर मलाई तरुणदलमा काम गर्ने इच्छा थियो। समय परिस्थितिले फेरि मलाई पार्टीले तरुण साथीहरू संग काम गर्ने जिम्मेवारी दिएको छ। म यसलाई कुसलता पुर्वक निर्वाह गर्नेछु। दलको महाधिवेशन गराउने छु।" उहाले अधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता गर्दा रक्तदान गर्न उपस्थित तरुणदलका नेता कार्यकर्ताहरुले उत्साहित हुँदै तालि बजाएर खुसी ब्याक्त गरेको सहभागी एक केन्द्रीय सदस्यले फास्ट न्युज सेभेनलाई बताए ।
गतहप्ता देशैभरि भीषण बर्षा हुदा गएको बाढी पहिरोका कारण घाइते बिरामीहरुको उपचारको लागि रगत अभाव देखिएको हुदा नेपाल तरुणदलको केन्द्रीय समितिले रक्तदानको आयोजना गरेको केन्द्रीय सदस्य सरोज न्यौपानेले बतनउनु भयो।
तरुणदलका अध्यक्ष बिद्वान गुरुङ जनसम्पर्क समिति हङकङको कार्यक्रममा जानुभएकोले कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य रोजन राईले गर्नुभएको गर्नुभएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार