काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपालको चासो र विवादको विषय रहँदै आएको लिपुलेकबारे कुनै छलफल नभएको भारत सरकारले स्पष्ट पारेको छ । भारतले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनसमेत विगतको विषय भइसकेको भन्दै त्यसको वर्तमान सान्दर्भिकता नरहेको टिप्पणी गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शाह स्वदेश फर्किएलगत्तै भारतीय विदेश मन्त्रालयले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिश्रीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले लिपुलेक नाका हुँदै हुने भारत–चीन व्यापारप्रति नेपालको आपत्तिका विषयमा प्रधानमन्त्री शाहले भारतीय पक्षसँग कुरा उठाए वा उठाएनन् भन्ने प्रश्न गरेका थिए । जवाफमा विदेश सचिव मिश्रीले लिपुलेकको विषयमा दुई देशका प्रधानमन्त्रीबीच कुनै छलफल नभएको बताए ।
उनले भने, ‘लिपुलेकको विषय आज उठेन र दुई पक्षबीच यसबारे कुनै छलफल भएन ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार