काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले सिम्रन खड्कासँग विवाह गरेका हुन् ।
रोहितले आफ्नो आधिकारिक फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन् । उनीहरूको विवाह थाइल्यान्डमा सम्पन्न भएको जनाइएको छ ।
रोहितले विवाहका तस्बिर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिनेहरूको क्रम बढेको छ ।
११ मङ्सिर २०८३, बिहिबार प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार