गर्मी बढे संगै देशभर आगलागीको घट्ना बढिरहेको छ। हिजो र आजको घट्नामा मात्र पनि खोटाङ, उदयपुर , महोत्तरी लगायत पाँच ठाउमा आगलागि भएको छ। आगलागीबाट करोडौंको क्षति भएकोबिभिन्न तथ्यांकहरु आइरहेको छ।
हिजो उदयपुरमा आगलागि हुदा आठ घर जलेर नस्ट भएको छ। ताप्ली गाउपालिकाको ओख्ले नुनथला ४ मा आगलागि हुदा राम बहादुर मगर र जङ बहादुर मगर लगायतको घरमा भएको धनमाल सहित पशु चौपाया समेत जलेको छ।
गर्मी बढे संगै आगलागिको घट्ना बढिरहेको छ। हिजोआज दिनहुजसो आगलागीको समाचार आइरहने क्रममा खोटाङमा आँफैले लगाएको डढेलो निभाउने क्रममा एकजना बृद्धको जलेर मृत्यु भएको छ।
रावावेंशी गाउँपालिका–१ कुभिण्डे हरमटारका ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको जलेर मृत्यु भएको छ। बुधबार अपरान्ह २ः३० बजे हरमटारस्थित मैनचौर सामुदायिक वनको झिक्रा तथा पत्करमा लगाएको डढेलो अनियन्त्रित भएपछि निभाउने क्रममा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार